सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाको उपेन्द्र-बाबुराम पक्षद्वारा निर्वाचन आयोगमा आधिकारिकताको दाबी पेश

जसपाको उपेन्द्र-बाबुराम पक्षद्वारा निर्वाचन आयोगमा आधिकारिकताको दाबी पेश

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गरेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गरेको छ।

बहुमत सदस्यहरुको हस्ताक्षरसहित शुक्रबार दिउँसो दाबी पेश गरेको हो। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको जसपाको यो समूहले ३० जनाको हस्ताक्षरसहित आधिकारिकता दाबी पेश गरेको हो। 

वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचन आयोगको मागअनुसार बहुमत प्रतिनिधि र सदस्यहरुको हस्ताक्षरसहित आधिकारिकता लागि निवेदन दर्ता गरिएको जानकारी दिए। 

पार्टीको नाम, चुनाव चिह्न, छाप र निर्णयको आधिकारिकताका लागि दाबी गरिएको उनले जानकारी दिए।
निर्वाचन आयोगमा अध्यक्ष उपेन्द्र यादव, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरु पुगेका थिए। 

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो।

यसअघि दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै विवरण अद्यावधिकका लागि निवेदन दिए पनि आयोगले दुवै पक्षका दाबी खारेज गर्दै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नै आधिकारिक भएको निर्णय गरेको थियो।

प्रकाशित: Jun 18, 2021| 10:08 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।