सोमबार, भदौ ८, २०८३

निषेध आदेशमा २०३ फर्ममा अनुगमन, ९७ लाई जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ताहीत संरक्षण विभागले निषेध आदेश अवधिमा २०३ फर्ममा अनुगमन गरेको जनाएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ताहीत संरक्षण विभागले निषेध आदेश अवधिमा २०३ फर्ममा अनुगमन गरेको जनाएको छ। विभागले निषेध आदेश सुरु भएको मिति वैशाख १६ देखि जेठ मसान्तसम्म २०३ फर्ममा अनुगमन गरेको हो। 

अनुगमन गरिएका फर्ममध्ये ९७ वटालाई जरिवाना गरिएको विभागले जानकारी दिएको छ। जरिवानावापत १३ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागको भनाई छ। सो अवधिमा एउटा व्यावसायिक फर्मको कारोबार रोक्का गरिएको विभागले जानकारी दिएको छ। 

म्याद नाघेर खान नमिल्ने भएका ३० हजार रुपैयाँ बराबरका वस्तु नष्ट गरिएको विभागको भनाइ छ। विभागले निषेध आदेश अवधिमा खाद्यान्न र स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राख्दै अनुगमन गरिएको बताएको छ।

प्रकाशित: Jun 18, 2021| 06:43 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।