सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीमा बाढी घटेपछि डुबानमा परेका घरबाट निकाल्न थालियो सामान

मेलम्चीमा बाढी घटेपछि डुबानमा परेका घरबाट निकाल्न थालियो सामान

सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र  सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र  सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्। 

बिहान ११ बजेबाट सुरक्षाकर्मीको सहायतामा स्थानीयले डुबानमा परेका करिब १५० घर र पसलबाट सामान निकालिरहेका छन्। डुबानमा परेका घरभित्रका अधिकांश सामान काम नलाग्ने अवस्थाका छन्। 

बिहीबार मध्यान्हबाट सामान निकाल्न सुरु गरे पनि पुनः बाढी बढेपछि स्थानीयको भागाभाग मच्चिएको थियो। सुरक्षाकर्मीले बिहीबार दिउँसो मेलम्चीको नयाँ बजार क्षेत्रलाई सिल गरेको थियो। 

मंगलबार राति आएको बाढीबाट मेलम्ची नगरपालिकामा मात्रै ६०० परिवार प्रभावित भएका छन्। नगरपालिकाको मात्रै ३० करोडको सम्पत्ति बगाएको छ भने स्थानीयको घर र जमिन जोड्दा ३० अर्बभन्दा बढीको क्षति भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले नेपाल समयलाई जानकारी दिए।

प्रकाशित: Jun 18, 2021| 06:43 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।