सोमबार, भदौ ८, २०८३

जंगली हात्तीको फोटो खिच्न जाँदा युवकको मृत्यु

मोरङको सुनवर्षीमा जंगल हात्तीको आक्रमणबाट शुक्रबार बिहान एक युवकको ज्यान गएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

विराटनगर- मोरङको सुनवर्षीमा जंगल हात्तीको आक्रमणबाट शुक्रबार बिहान एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा सुनवर्षी-८, हर्चनगडीका २० वर्षीय मनोहर मिया रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रहरी निरीक्षक अनमोल खड्काका अनुसार भारतबाट बिहान आएको जंगली हात्ती गाउँ प्रवेश गरेपछि फोटो खिच्न पुगेका मियालाई हात्तीले आक्रमण गरी ग्म्भीर घाइते बनाएको थियाे।

हात्तीको आक्रमणबाट घाइते मियाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 18, 2021| 05:09 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।