सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची बाढीमा परेका २० जना अझै बेपत्ता [नामावलीसहित]

मेलम्ची बाढीमा परेका २० जना अझै बेपत्ता [नामावलीसहित]

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीमा हराइरहेकाहरूको विवरण संकलन गर्ने क्रममा २० जना बेपत्ता भएको पाइएको जनाएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

सिन्धुपाल्चोक- मेलम्ची बाढीमा २० जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीमा हराइरहेकाहरूको विवरण संकलन गर्ने क्रममा २० जना बेपत्ता भएको पाइएको जनाएको छ।

प्रशासनले गएको मंगलबार आएको बाढीमा परेर बेपत्ता भएकाहरूको नामसमेत सार्वजनिक गरिएको छ। 

सिन्धुपाल्चोकको हेलम्बु, किउल, चनौटेलगायत क्षेत्रका मानिसहरू पनि बाढीमा परेर हराइरहेका छन्। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। बाढीमा फसेका ४ जनाको उद्धार गरिएको छ।

हराउनेहरूमा दुई जना भारतीय नागरिक र एक जना चिनियाँ नागरिकसमेत छन्। उक्त बाढीमा परी तीन जनाको मृत्यु भएको छ। दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिकको शव भेटिएको हो।

प्रकाशित: Jun 18, 2021| 04:04 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।