सोमबार, भदौ ८, २०८३

जलजला पाटनमा हराएका सातै जना सकुशल भेटिए

जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सातै जना सकुशल भेटिएका छन्।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

सुर्खेत- जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका ७ जना सकुशल भेटिएका छन्। शुक्रबार बिहान स्थानीय र प्रहरी टोलीले उनीहरूलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। 

‘हराएका सातै जना चिसोले कठाङ्ग्रिएको अवस्थामा भेटिएका छन्,’ उद्धार टोलीको भनाई उद्धृत गर्दै डीएसपी थापाले भने, ‘पाटनमै ओत लागेका रहेछन्। चिउरा र चाउचाउ खुवाएर ल्याउने प्रयास भइरहेको छ।’ 

जेठ ३१ गते गोठाला गएका कुशे गाउँपालिका–९ पैंकका ४० वर्षीय कृष्ण रोकाय, वडा नम्बर ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २८ वर्षीया चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १७ वर्षीया धनसरा खड्का र १२ वर्षीय भीम खड्का चार दिनदेखि सम्पर्कविहीन थिए। घर फर्कदै गर्दा हावाहुरी र वर्षा आएपछि सम्पर्कविहीन बनेका थिए। चार दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला सदरमुकामबाट प्रहरी र औलरिजाका स्थानीयहरू बिहीबार खोजीका लागि पाटन गएका थिए।

झण्डै ४ हजार ६ मिटर अग्लो जलजला पाटन जुम्ला र जाजरकोटको सीमानामा पर्दछ। पाटनमा चराउन लिइएका गाई, बाख्रा र भैसीको अवस्था भने यकिन भएको छैन। ‘स्थानीयहरु त भेटिए तर पशुचौपायाको अवस्था बुझ्न सकिएको छैन,’ डीएसपी थापाले भने, ‘टेलिफोन नेटवर्क नभएका कारण राम्रोसँग कुराकानी हुन पाएको छैन।’

जाजरकोट सदरमुकामभन्दा बाहिर हप्तादिनदेखि टेलिफोन सेवा अवरुद्ध छ। उद्धार टोलीसँग भएको कर्लेक्स (प्रहरीको सञ्चार सेट)मा राम्रोसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 18, 2021| 03:54 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।