सोमबार, भदौ ८, २०८३

काठमाडौंको आकाश खुल्यो, के मौसममा सुधार आएको हो?

मनसुन सक्रिय रहे पनि शुक्रबार बिहानै काठमाडौंको मौसम खुलेको छ। मौसविद् निराजन सापकोटाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको र पश्चिमि भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- मनसुन सक्रिय रहे पनि शुक्रबार बिहानै काठमाडौंको मौसम खुलेको छ। मौसविद् निराजन सापकोटाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको र पश्चिमि भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

सापकोटाले शुक्रबार बिहानको मौसम पोखरा भन्दा पश्चिमपट्टि सक्रिय रहेको बताए। उनले अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भइरहेको बताए। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा भने मौसममा केही सुधार आएको छ।

मौसमा आएको थोरै सुधारले बिहान काठमाडौंमा घाम लागेको उनले बताए। यो अवस्था  मध्यान्नसम्म मात्र रहने उनको भनाइ छ। दिउँसो १२ बजेपछि काठमाडौं उपत्यकाको मौसम पनि धुम्लिने उनले जानकारी दिए। 

शुक्राबार देशभर आंसिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको उनले बताए। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 18, 2021| 02:06 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।