सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोठाला गएका जाजरकोटका ७ जना सम्पर्कविहीन, ८२ पशुचौपाया मरे

गोठाला गएका जाजरकोटका ७ जना सम्पर्कविहीन, ८२ पशुचौपाया मरे

जाजरकोटमा गाइ, बाख्रा र भैँसी चराउन गएका ७ जना गोठाला सम्पर्कविहीन भएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

सुर्खेत- जाजरकोटमा गाइ, बाख्रा र भैँसी चराउन गएका ७ जना गोठाला सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेहरुमा कुशे गाउँपालिका–९ पैंकका ४० वर्षीय कृष्ण रोकाय, वडा नं. ८ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २८ वर्षीया चन्द्रा खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १७ वर्षीया धनसरा खड्का र १२ वर्षीय भिम खड्का छन्। 

उनीहरु कुशे गाउँपालिका–८ र ९ को सीमाना औलजिरामा बस्दै आएका थिए। जेठ ३१ गते गाई, बाख्रा र भैँसी चराउन जलजला पाटन जाँदा सम्पर्कविहीन भएका हुन्। चार दिनदेखि उनीहरु घर नफर्किएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

उनीहरुसँगै पाटन गएका कुशे–९ पैंकका ५५ वर्षीय गंगा खड्का, ४४ वर्षीय भक्तबहादुर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र १० वर्षीय ईश्वर रोकाय भने तीन दिनपछि घर फर्किएका छन्। घर फर्कदै गर्दा हावाहुरी र वर्षा भएपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। 

सम्पर्कविहीन भएकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले सात जनाको प्रहरी टोली पाटन पठाएको छ। निरन्तरको बर्षा, हावाहुरी र लेक लाग्ने समस्याका कारण प्रहरी पाटनमा पुग्न सकिएको छैन। 

‘पाटन ४ हजार मिटर अग्लो स्थानमा पर्छ’ डीएसपी थापाले भने, ‘खोजतलासका लागि सात जना प्रहरी पठाएका छौँ, तर लेक लाग्ने समस्याका कारण उनीहरु पाटनमा पुग्न सकेका छैनन्।’

जिल्ला सदरमुकाम खलंगाबाट जलजला पाटन पुग्न झण्डै दुई दिन पैदल यात्रा गर्नुपर्दछ। झण्डै ४ हजार ६ मिटर अग्लो जलजला पाटन जुम्ला र जाजरकोटको सीमानामा पर्दछ। पाटन लिइएका ८२ पशुचौपाय मरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सम्पर्कविहीनहरुको खोजी र उद्दारका लागि हेलिकोप्टरको व्यवस्था गरिदिन गृहमन्त्रालयलाई पत्राचार गरेका छन्।

प्रकाशित: Jun 17, 2021| 15:38 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।