सोमबार, भदौ ८, २०८३

१५ वर्षदेखि साङ्लोले बाँधेर राखिएकी युवतीको उद्धार

मोरङको बेलबारीमा साङ्लोले बाधेर राखिएकी ३३ वर्षीया युवतीको बेलबारी नगरपालिकाले उद्धार गरेको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

विराटनगर- मोरङको बेलबारीमा साङ्लोले बाधेर राखिएकी ३३ वर्षीया युवतीको बेलबारी नगरपालिकाले उद्धार गरेको छ।

१५ वर्षदेखि मानसिक समस्या भएकी सुलोचना राजवंशीको बेलबारीकी उपप्रमुख ढाका कुमारी पराजुलीले उद्धार गरेकी हुन्।

बेलबारी–९ की राजबंशी साङ्लोमा बाँधिएको जानकारी पाएलगत्तै उपप्रमुख पराजुली  वडा नं ९ का वडाध्यक्ष नगेन्द्र खड्का, स्थानीय समाजसेवीहरु सहित नगरपालिकाको टीमले बुधबार उद्धार गरेको हो।

मानसिक समस्याकै कारण सुलोचना घरमा परिवारसँग नबस्ने, गाउँगाउँ घुम्ने, धेरै बोल्न नचाहने, बोल्दा झर्केर बोल्ने, बालबालिकालाई कुटपिट गर्ने, मानिसतिर झम्टने, औषधि नखाने समस्याका कारण बाध्य भएर बाध्नु परेको ७५ वर्षीय बुवा दरपद राजवंशीले बताए।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न लैजान नसकीएको उनले बताए। उनले भने, ‘आफू पनि वृद्ध अवस्था भएकोले आफ्नै स्याहार गर्न नसक्ने अवस्थामा छोरीको स्याहार गर्न ज्यादै कठिन भएको हो।’ 

उद्धार गरिएकी राजवंशीलाई बेलबारी नगरपालिकाले सुनसरीको इटहरीमा रहेको मायाघरमा राखेको छ। सडक आश्रित तथा सहयोगापेक्षी मानवहरुको नगरपालिकाले उद्धार गर्दै आएको नगर उपप्रमुख पराजुली बताइन्। 

प्रकाशित: Jun 17, 2021| 15:22 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।