सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओत लाग्न ओडारमा पसेका दुई बालबालिकाको पहिराेमा परी मृत्यु

ओत लाग्न ओडारमा पसेका दुई बालबालिकाको पहिराेमा परी मृत्यु

डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

धनगढी- डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ।

पहिरोमा परेर जिल्लाको दीपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय विनोद भण्डारी र ११ वर्षीया जेनिषा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दीपायल सिलगढी नगरपालिका–५ चिसापानी क्षेत्रमा पहिरोमा परेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

बाख्रा चराउन गएको समयमा पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला पहिरो खसेर उनीहरु पुरिएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। 

पुरिएको थाहा पाएपछि स्थानीयहरुको सहयोगमा प्रहरीले पहिरो पन्छाउँदा उनीहरु मृत फेला परेको मल्लले बताए।
बुधबार जिल्लाको केआईसिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परेर ज्यान गएको थियो।

प्रकाशित: Jun 17, 2021| 14:37 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।