सोमबार, भदौ ८, २०८३

दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या 

दाङमा एक पुरुषले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

बुटवल- दाङमा एक पुरुषले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया श्रीमती स्याना कुमारी चौधरीको हत्या गरेका हुन्। 

घरायसी विवादका क्रममा बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले श्रीमती स्याना कुमारी चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी शख्त घाइते बनाएका थिए। 

घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए। मुकुन्दलाललाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान थालेको छ।

प्रकाशित: Jun 17, 2021| 14:00 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।