सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जात थाहा पाएपछि कोठा नदिएको भन्दै रुपा सुनारले दिइन् घरबेटीविरुद्ध जाहेरी 

जात थाहा पाएपछि कोठा नदिएको भन्दै रुपा सुनारले दिइन् घरबेटीविरुद्ध जाहेरी 

‘१२ बजेदेखिको निरन्तर दबाबले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो। साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद। लडाइँ अझै बाँकी छ,’ उनले स्टाटस लेखेकी छन्। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- आफ्नो जात थाहा पाएपछि कोठा भाडा नदिएको आरोपमा रुपा सुनारले घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। बिहीबार केही पत्रकारसहित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेकी सुनारले जाहेरी दर्ता गराएकी हुन्। 

काठमाडौं महानगरपालिका–११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै सुनारले जाहेरी दर्ता गराएको महाशाखाले जानकारी दिएको छ। रुपाका अनुसार प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन्। दलित समुदायको भन्ने थाहा पाएपछि भाडा दिन इन्कार गरेको रुपाले दर्ता गराएको जाहेरीमा उल्लेख छ। 

रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गएपनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन। करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले फेसबुकमार्फत् जानकारी दिएकी छन्।

‘१२ बजेदेखिको निरन्तर दबाबले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो। साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद। लडाइँ अझै बाँकी छ,’ उनले स्टाटस लेखेकी छन्। 

प्रकाशित: Jun 17, 2021| 13:47 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।