सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरधाममा १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

जनकपुरधाममा १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा

प्रदेश २ सरकारले जनकपुरधाममा १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले जनकपुरधाममा १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। 

जनकपुरधामको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई मर्मतसम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

गत वर्ष नै मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने प्रदेश सरकारले घोषणा गरे पनि सञ्चालनमा आउन सकेको थिएन। 

अस्पतालको उद्घाटन गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरुसमेत चाँडै प्रदान गर्ने जानकारी दिए। 

शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दशकौंपछि पनि अस्पताल सञ्चालन गर्न नसकेकाले लिज खारेज गराएर सो जग्गा प्रष्ठिान मातहत ल्याउन पहल सुरु भइसकेको मुख्यमन्त्री राउतले बताए।

उनले भने, ‘यो भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवासमेत चाँडै सुरु हु्न्छ। जग्गा प्राप्तिको प्रक्रिया चाँडै सुरु गर्छौं, राज्यको अर्बौंको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन।’

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने दाबी गरे।

प्रकाशित: Jun 17, 2021| 13:39 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।