सोमबार, भदौ ८, २०८३

धितोपत्र बोर्डका अध्यक्षलाई ज्यान मार्ने धम्की 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई ज्यान मार्ने धम्की आएको छ। उनलाई बिहीबार एक व्यक्तिले फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको बोर्ड प्रवक्ता निरज गिरीले बताएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई ज्यान मार्ने धम्की आएको छ। उनलाई बिहीबार एक व्यक्तिले फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको बोर्ड प्रवक्ता निरज गिरीले बताएका छन्।
 
उनले भने, ‘अहिले त फोन उठाउन पनि डर लाग्न थाल्यो। आज अध्यक्षज्यूलाई ज्यान मार्ने धम्कीसहितको फोन आयो। हामीले यसबारे गम्भीर भएर सोचेका छौं।’

धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति जारी गरी नेप्सेमा सूचीकृत ५१ वटा कम्पनीको अध्ययन गरिएको र अध्ययनका अनुसार ती कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइएको भन्दै ध्यान दिएर लगानी गर्न आग्रह गरेको थियो। 

त्यस्तै बोर्डले बजारमा भित्री सूचनाका आधारमा कारोबार हुने, सर्कुलर कारोबार गर्ने वा कर्नरिङ गरेर कुनै सेयरको मूल्य कृत्रिम रुपमा उचाल्ने काम भएको पाइएको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही चलाउने उल्लेख गरेको थियो। घाटामा गएका कम्पनीहरुको सेयर मूल्य ३०० प्रतिशतभन्दा बढी वृद्धि भएपछि लगानीकर्ताको लगानी सुरक्षित गर्न विज्ञप्ति जारी गर्नुपरेको बोर्डले बताएको थियो।

‘भोलि बजार क्र्यास भए लगानीकर्ताले आत्महत्या गर्ने अवस्थासम्म आउँछ। लगानीकर्ताले आफ्नो जीवन नै गुमाउन नपरोस् भनेर उनीहरुको लगानीलाई जोखिमबाट मुक्त गराउनका लागि हामीले विज्ञप्ति निकालेर सजग गराएका हौं। भाषामा भने केही अस्पष्टता भएकोले गलत व्याख्या भएको मात्र हो,’ प्रवक्ता गिरीले भने। 

सम्बन्धित समाचार

यी हुन् ५१ कम्पनी जसको सेयर मूल्यमा चलखेल भयो [सूचीसहित]

 

 

प्रकाशित: Jun 17, 2021| 13:04 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।