सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले भन्यो- हाम्रो कारणले महाधिवेशन रोकिँदैन  

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले भन्यो- हाम्रो कारणले महाधिवेशन रोकिँदैन  

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले भोलिदेखि नै क्रियाशील सदस्यतामाथि परेका उजुरी केलाएर हेर्ने भएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले भोलिदेखि नै क्रियाशील सदस्यतामाथि परेका उजुरी केलाएर हेर्ने भएको छ।

समितिका संयोजक रमेश लेखकले संचारकर्मीहरुसँग कुरा गर्दै १४ औं महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यतामाथि उजुरी पर्ने क्रम जारी रहेको बताए। साथै उनले भोलिबाटै उजुरी केलाएर हेर्ने काम सुरु हुने स्पष्ट पारे।

‘६ गतेसम्म उजुरी गर्न पाउने समयसीमा तोकेका छौं। अहिले उजुरी पर्ने क्रम जारी छ। हामी भोलिबाटै उजुरी केलाएर हेर्ने र निष्कर्षमा पुग्ने काम थाल्नेछौं,’ लेखकले भने, ‘केन्द्रीय समितिले क्रियाशील सदस्यताको छानबिन सकेर सभापतिलाई बुझाउने समय तोक्नेछ। त्यो समयसीमामा हामी सबै काम सक्नेछौं।’ 

उनले क्रियाशील सदस्यता छानबिनको काम नसकिएर महाधिवेशन नरोकिने दाबी समेत गरेका छन्। ‘हामी निरन्तर काम गरिरहेका छौं। म दाबीका साथ भन्छु, हाम्रा कारणले महाधिवेशन रोकिँदैन,’ उनले भने।

उनले हालसम्म करिब ८ लाख सदस्यता प्रस्तावित भएको बताए। त्यसमध्ये आधा नयाँ सदस्य छन्। १६५ निर्वाचन क्षेत्रमध्ये १४९ ठाँउको प्रस्तावित नामावली सार्वजनिक भइसकेको उनको भनाइ छ। अब केही जिल्लाको मात्रै सदस्यको विवरण इन्ट्री हुन बाँकी रहेको उनले जानकारी दिए।

प्रकाशित: Jun 17, 2021| 12:05 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।