काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले पछिल्ला दिनमा देशभर बाढी, पहिरो तथा डुबानबाट पीडित भएकाहरुको उद्धार तथा राहतका लागि प्रभावकारी कार्याक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ।
नेपाल पक्षका स्थायी कमिटी सदस्यसहित १४ नेताहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै घाइतेको उपचार र मृतकका परिवारलाई अािर्थक सहयोगलगायतका उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शीरुपमा उपलब्ध गराउन माग गरेका हुन्।
‘बर्षा याममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखद विषय हो, यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ।’ विज्ञप्तिमा भनिएको छ।
अहिले मनसुन सुरु मात्र भएको र आगमी दिनमा झनै गम्भीर समस्याहरु आउन सकने भन्दै राज्यका सम्पूर्ण निकायहरु, जनप्रतिनिधिहरु तथा आम समुदाय सहयोगका लागि जुट्नुपर्ने आह्वानमा उल्लेख गरिएको छ।
