सोमबार, भदौ ८, २०८३

काठमाडौं महानगरले घरबेटीलाई बहाल कर छुट दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा घरधनीहरुलाई बहाल कर छुट दिने भएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा घरधनीहरुलाई बहाल कर छुट दिने भएको छ।

बहालमा दिएको तथ्यांक स्थानीय तहमा अध्यावधिक गर्ने घरधनीलाई महानगरले बहाल लकममा १० प्रतिशत वा २५ हजार रुपैयाँसम्म छुट दिने भएको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यसुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्। 
कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट घोषणा गर्दै शाक्यले घर बहाल रकममा १० प्रतिशत वा २५ हजारमा कम हुने रकम छुट गरिने बताए। 

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। ‘यसका लागि बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ।’

उक्त कार्यका लागि निजी क्षेत्र परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइनेछ।’ 

कोभिड–१९ बाट प्रभावित व्यवसायहरु होटल एवं  पर्यटन क्षेत्रलाई विशेष छुट दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: Jun 17, 2021| 10:55 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।