काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगर सभामा नगर प्रमुख विद्यासुन्दर शाक्यकले बिहीबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको दावी गरेको छ।
नीति तथा कार्यक्रम अनुसार आगामी आर्थिक वर्षमा महानगरपालिकाले सय बेडको महानगर विशेष अस्पतालन स्थापना गर्ने लक्ष्य लिएको छ। त्यस्तै महानगरवासीलाई नागरिक स्वास्थ बिमा कार्यक्रममा सहभागि गराइने महानगरले जानकारी दिएको छ। शहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ।