सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची बाढीमा मृत्यु हुनेको संख्या १० पुग्यो, १३ जना बेपत्ता

मेलम्ची बाढीमा मृत्यु हुनेको संख्या १० पुग्यो, १३ जना बेपत्ता

मेलम्ची नदीमा आएको बाढीमा थप तीन जनाको शव भेटिएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

मेलम्ची– मेलम्ची नदीमा आएको बाढीमा थप तीन जनाको शव भेटिएको छ। बिहीबार शव भेटिएकामा दुई चिनियाँ र एक भारतीय छन्। ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए। यो सँगै बाढीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

यसअघि बुधबार सात जनाको शव भेटिएको थियो। बाढीमा १३ जना बेपत्ता रहेको एसपी एसपी राजन अधिकारीले जानकारी दिए। बेपत्ताकाे खाेजी र उद्धार कार्य जारी रहेकाे उनले बताए।

मेलम्ची नदीमा बिहीबार पनि नदीको बहाव बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।  नदीमा बाढी घट्दै गएपछि आफ्ना घरभित्रका सरसामान लिन प्रवेश गरेका स्थानीय बाढी आउने चतावनीपछि सुरक्षित ठाउँतर्फ लागेका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः  थुनिएको अनुमान गरिएकाले त्यसतर्फ टोली खटाइएको पनि जानकारी दिए। तर उक्त टोलीसँग सम्पर्क नभएकाले पहिरो नै गएका कारण खोला थुनिएको भनेर यकिन गर्न नसकिने जानकारी दिए। 

'मेलम्ची खोला पुनः थुनिएको अनुमान गरिएको छ। हामीले त्यसतर्फ टोली पनि पठाइसकेका छौं। तर पहिरो नै गएको भनर यकिन भइसकेको छैन। त्यसतर्फ गएको टोलीसँग सम्पर्क हुन सकेको छैन', प्रजिअ पोखरेलले भने। 

प्रकाशित: Jun 17, 2021| 10:04 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।