सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची खोला फेरि थुनिएको अनुमान, सिडिओ भन्छन्- निरीक्षण टोली खटाएका छौँ

मेलम्ची खोला फेरि थुनिएको अनुमान, सिडिओ भन्छन्- निरीक्षण टोली खटाएका छौँ

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः थुनिएको अनुमान गरिएकाले त्यसतर्फ टोली खटाइएको पनि जानकारी दिए। तर उक्त टोलीसँग सम्पर्क नभएकाले पहिरो नै गएका कारण खोला थुनिएको भनेर यकिन गर्न नसकिने जानकारी दिए। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्रलाई प्रहरीले पुनः खाली गराएको छ। मेलम्ची नदीमा पुनः पानीको सतह बढ्न थालेपछि प्रहरीले बजार क्षेत्र खाली गराएको हो। 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः थुनिएको अनुमान गरिएकाले त्यसतर्फ टोली खटाइएको पनि जानकारी दिए। तर उक्त टोलीसँग सम्पर्क नभएकाले पहिरो नै गएका कारण खोला थुनिएको भनेर यकिन गर्न नसकिने जानकारी दिए। 

'मेलम्ची खोला पुनः थुनिएको अनुमान गरिएको छ। हामीले त्यसतर्फ टोली पनि पठाइसकेका छौँ। तर पहिरो नै गएको भनर यकिन भइसकेको छैन। त्यसतर्फ गएको टोलीसँग सम्पर्क हुन सकेको छैन,' प्रजिअ पोखरेलले भने। 

मेलम्चीका इन्स्पेक्टर तिलक राईले पनि पहिरो खसेको अनुमान गरिएकाले पुनः बाढी आउन सक्ने भएकाले बजार क्षेत्र खाली गराइएको बताए। 

खोलामा पुनः पानीको सतह बढेपछि मंगलबार रातिको बाढीपछि आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन्।

यति बेला मेलम्ची बजारबाट पाँचपोखरी गाउँपालिकातिर जाने सडक पूरै अवरुद्ध छ। बाढीले तटवर्ती क्षेत्रका बिजुलीका पोल ढलेकाले बत्ती छैन भने टेलिफोन सेवा पनि अवरुद्ध छ। यस्तै हेलम्बुतर्फको सडक पनि बाढीका कारण क्षति पुगेको छ।

मंगलबार आएको बाढीमा परी ७ जनाको निधन भएको छ। बाढीले कम्तीमा सय घर बगाएकाे र एक हजार घरमा क्षति पुगेकाे मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताएका छन्। यद्यपि पूर्ण विवरण भने आइनसकेकाे उनकाे भनाइ छ।

प्रकाशित: Jun 17, 2021| 09:02 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।