सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीपीडितलाई दुई करोड राहत दिने काठमाडौं महानगरको प्रस्ताव

मेलम्चीपीडितलाई दुई करोड राहत दिने काठमाडौं महानगरको प्रस्ताव

काठमाडौं महानगरपालिकाले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका लागि राहतस्वरुप दुई करोड रुपैयाँ दिने प्रस्ताव गरेको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं– काठमाडौं महानगरपालिकाले बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका लागि राहतस्वरुप दुई करोड रुपैयाँ दिने प्रस्ताव गरेको छ। महानगरपालिकाको बिहीबार सुरु भएको नगर परिषद्मा मेयर विद्यासुन्दर शाक्यले मेलम्चीका बाढीपीडितलाई उक्त रकम सहयोग गर्ने प्रस्ताव गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

प्रस्तावबारे छलफल भइरहेको छ। काठमाडौं महानगरपालिकाका बासिन्दाले मेलम्चीबाट ल्याइएको खानेपानी उपभोग गरिरहेका छन्। खानेपानीको मुहान हेलम्बु गाउँपालिकामा पर्दछ। 

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिकाको विपत् राहत कोषमा १० लाख र हेलम्बु गाउँपालिकाको विपत् राहत कोषमा १० रुपैयाँ जम्मा गर्ने निर्णय भएको प्रवक्ता राजाराम सुवेदीले जानकारी दिएका छन्। यसअघि गोकर्णेश्वर नगरपालिकाले पनि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: Jun 17, 2021| 08:35 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।