सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीबाट स्थलगत : फेरि बाढीको चेतावनी, प्रहरीले खाली गरायो बजार [फोटो/भिडियो]

मेलम्चीबाट स्थलगत : फेरि बाढीको चेतावनी, प्रहरीले खाली गरायो बजार [फोटो/भिडियो]

मेलम्ची नदीमा फेरि पानीको बहाव बढेको छ। मेलम्चीमा पानीको बहाव बढेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन्। उनीहरू फेरि सुरक्षित स्थानतर्फ भाग्नथालेका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

मेलम्ची– मेलम्ची नदीमा फेरि पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ जान आग्रह गरिरहेका छन्। मेलम्चीको नदीमा एक्कासि पानीको बहाव बढेपछि सुरक्षाकर्मीले सर्वसाधारणलाई बजार खाली गरेर सुरक्षित ठाउँतर्फ जान चेतावनी दिएका हुन्।

मंगलबार राति आएको बाढी बिस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन्। तल्लो बजार क्षेत्रमा घर भएका स्थानीय अहिले माथिल्लो डाँडातिर भाग्न थालेका छन्।  यसैबीच चनौटे बजारमा दुई वटा शव फेला परेको सुरक्षाकर्मी स्राेतले बताएकाे छ।  

यति बेला मेलम्ची बजारबाट पाँचपोखरी गाउँपालिकातिर जाने सडक पूरै अवरुद्ध छ। बाढीले तटवर्ती क्षेत्रका बिजुलीका पोल ढलेकाले बत्ती छैन भने टेलिफोन सेवा पनि अवरुद्ध छ। यस्तै हेलम्बुतर्फको सडक पनि बाढीका कारण क्षति पुगेको छ। सडक र सञ्चार नभएकाले  त्यस क्षेत्रमा बाढीबाट भएको क्षतिकाे विवरण प्राप्त हुन सकेकाे छैन। मेलम्चीभन्दा माथिका सञ्चारसम्पर्कबाट पनि विच्छेद भएकाले क्षतिको विवरण आउन समय लाग्ने सुरक्षाकर्मीहरु बताउँछन्।

मंगलबार आएको बाढीमा परी सात जनाको निधन भएको जिल्लास्थित सुरक्षा निकायले जनाएको छ। बाढीमा परी हराइरहेकाको यकिन विवरण भने प्राप्त हुन सकेको छैन। बाढीले कम्तीमा सय घर बगाएकाे र एक हजार घरमा क्षति पुगेकाे मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताएका छन्। यद्यपि पूर्ण विवरण भने आइनसकेकाे उनकाे भनाइ छ।


 

प्रकाशित: Jun 17, 2021| 07:47 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।