सुर्खेत- वर्षाका कारण बिहीबार दैलेखमा ६ घर भत्किएका छन्। दुल्लु नगरपालिका- ९ को यादुराका ३ र धामीगाउँका ३ वटा घर भत्किएका हुन्।
प्यादुरा गाउँका उर्मिला विक, हिरा भण्डारी, मन्दरा भुल र धामीगाउँका रामसरा सार्की, खम्ब विक, झुपा कामीको घर भत्किँएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुई घर पूर्णरुपमा र चार घर आंशिक रुपमा भत्किँएका छन्। घटनामा मानविय क्षति भने भएको छैन। घर भत्किँएपछि २६ जना नागरिकको विचल्ली भएको छ। उनीहरूलाई आफन्तको घरमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।