काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल समूहका स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन्।
भर्चुअल माध्यमबाट उनीहरु अहिले छलफलमा जुटेका हुन्।
माधव नेपाल निकट नेता गंगालाल तुलाधारले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा स्थायी कमिटीका सदस्यहरू छलफलमा जुटेको बताए। सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको अवस्था र अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका बेला आगामी रणनीति तयार गर्न नेताहरु छलफलमा जुटेका हुन्।