सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसद्वारा काठमाडौं महानगरको नगर परिषद् बहिष्कार

कांग्रेसद्वारा काठमाडौं महानगरको नगर परिषद् बहिष्कार

नेपाली कांग्रेसले काठमाडाैं महानगरपालिकाकाे नगर परिषद् बहिष्कार गर्ने निर्णय गरेको छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसले काठमाडाैं महानगरपालिकाकाे नगर परिषद् बहिष्कार गर्ने निर्णय गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट निर्वाचित अध्यक्ष मुकुन्द रिजालले पार्टीको बैठक बसेर नगरपरिषद् बहिष्कार गर्ने निर्णय भएको बताए।

उनले कोभिडको महामारीबाट आक्रान्त जनतालाई राहत दिनेगरी काठमाडौंको नीति कार्यक्रम आउनुपर्नेमा एकलौटी गर्न खोजिएको आरोप लगाए। नीति तथा कार्यक्रममा  घरबहाल करमा छुट दिनुपर्ने, विकास समानुपातिक रुपमा हुनुपर्ने, सबै नागरिकलाई खोपको प्रत्याभूति हुनुपर्ने, उपचारको सहज व्यवस्था हुनुपर्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने उनको भनाइ छ। आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी हुन नसकिने रिजालको भनाइ छ।  महानगरमा कांग्रेसबाट उपमेयर र १४ जना वडाध्यक्ष रहेका छन् ।

कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन। यसमा हाम्रो आपत्ति छ।- उपमेयर हरिप्रभा खड्गी

मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्। कोभिडको महामारीका बेला जनतालाई राहत दिनेगरी बजेट ल्याउनुपर्नेमा मेयर शाक्यले कुनै पनि छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको उनको भनाइ छ। ‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन। यसमा हाम्रो आपत्ति छ।’

खड्गीले विगतदेखि नै आफूले महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको बताइन्। महानगरमा भएका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी हुने भएपनि त्यसो नभइ पेलेर अघि बढ्न खोजिएको उनको भनाइ छ। 

 

प्रकाशित: Jun 17, 2021| 07:03 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।