सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिल्लीको अपोलोमा पूर्वप्रधानमन्त्री खनालको उपचार सुरु

दिल्लीको अपोलोमा पूर्वप्रधानमन्त्री खनालको उपचार सुरु

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु भएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु भएको छ।

खनालको सचिवालयका अनुसार अपोलो अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो। सचिवालयले बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको जानकारी दिएको छ। सचिवालयले खनालको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुक र शुभचिन्तकप्रति आभार प्रकट गरेको छ। 

ज्वरो आउने क्रम नरोकिए पछि सोमबार नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको थियो। चिकित्सकहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि बुधबार उनलाई नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो।

प्रकाशित: Jun 17, 2021| 06:39 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।