सोमबार, भदौ ८, २०८३

कोरोना नियन्त्रणमा कांग्रेसले बढायो सक्रियता

नेपाली कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले कोरोना नियन्त्रणमा पार्टीका जिल्ला समिति, भातृ तथा शुभेच्छुक संस्थाहरू क्रियाशील रहेको जनाएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- नेपाली कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले कोरोना नियन्त्रणमा पार्टीका जिल्ला समिति, भातृ तथा शुभेच्छुक संस्थाहरू क्रियाशील रहेको जनाएको छ। समितिका संयोजक तथा सह–महामन्त्री डा. प्रकाशशरण महतले विज्ञप्ती जारी गर्दै  महामारी नियन्त्रण गर्न अक्सिजन सहितका स्वास्थ्य सामाग्री वितरण र संक्रमित भइ आइसोलेसनमा बसेकाहरूलाई परामर्श र उपचारमा सहयोग गर्ने काम भइरहेको जनाएका हुन्। उनले महामारीको समयमा खटिने सबैलाई धन्यवाद समेत दिएका छन्।

कोभिड नियन्त्रणमा विदेशस्थिगत नेपाली जनसम्पर्क समिति समेत सक्रिय रहेको उनले जनाएका छन्। 

‘कोभिड–१९ संक्रमण रोकथाम, उपचार र राहत कार्यमा नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरु पनि त्यतिकै सक्रिय छन् । नेपाली जनसम्पर्क समितिहरुले विभिन्न समयमा नेपालका विभिन्न जिल्लाहरुमा यस्तो सहयोग गर्दै आएका छन्,’ उनले भनेका छन्,  ‘नेपाली कांग्रेसका सभापतिको अनुरोधमा नेपाली कांग्रेस केन्द्रलाई कोभिड–१९ संक्रमणको उपचारका लागि स्वास्थ्य सामाग्री खरीद गरी विरामीहरुको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी छ।’ 

अहिलेसम्म प्राप्त आर्थिक सहयोगबाट १० केजी क्षमता भएको एउटा मेशिनले दुई जना विरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेनट्रेटर अति आवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालहरुमा वितरण गर्ने क्रम जारी रहेको समितिले जनाएको छ।

प्रकाशित: Jun 17, 2021| 06:35 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।