सोमबार, भदौ ८, २०८३

पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध भएको छ। दाङ–सल्यान खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ बसारेमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

सुर्खेत- अविरल वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध भएको छ। दाङ–सल्यान खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ बसारेमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो। 

वर्षा नरोकिएका कारण तीन दिनदेखि पहिरो पन्छाउन सकिएको छैन। राजमार्ग अबरुद्ध भएपछि मालवहाक सवारीसाधन तथा एम्बुलेन्स बाटोमै अलपत्र परेका छन्।

बीच सडकमा रोकिराखेका दुई वटा गाडीमा बिहीबार बिहान क्षति पुगेको छ। त्रिवेणी गाउँपालिकाको रा१ज १६२ नम्बरको एम्बुलेन्स र ना१ख ८७८६ नम्बरको टिप्परमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रामप्रसाद श्रेष्ठले जानकारी दिए। 

पहिरोले टिप्परको आधा भाग पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको श्रेष्ठले जनाए। टिप्पर र एम्बुलेन्समा नागरिकहरू नभएका कारण मानविय क्षति हुनबाट जोगिएको छ।

प्रकाशित: Jun 17, 2021| 06:02 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।