काठमाडौं- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन्।
निषेध आदेशका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डले निषेध आदेको समयमा २५ वटा शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भए पनि चार्टर उडानमार्फत विदेशमा अलपत्र परेका शव ल्याइएको श्रेष्ठले जानकारी दिए।
कुवेत, कतार र बराइनलगायत देशबाट शव ल्याएको छ भने मलेसिया, कुवेत, साउदी अरबमा ७० वटा शव थुप्रियका छन्। ती शव ल्याउने तयारी भइरहेको श्रेष्ठको भनाइ छ। नियमित उडान सञ्चालन भए लगत्तै शव नेपाल ल्याउने तयारी भइरहेको छ। गत वर्ष पनि लकडाउनका कारण महिनौंसम्म सयौं शवहरू विदेशमा अड्किएका थिए।
लामो समयसम्म शव ल्याउन नसक्दा समस्या भएपछि बोर्डले मृतकको अन्त्येष्टि सम्बन्धित मुलुकमै गर्न आफन्तहरूलाई प्रेरित गरेको थियो। सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टी गरिएका मृतकका परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने निर्णय बोर्डले गरेको थियो।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको बैदेशिक रोजगार सचिवालय बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए।