सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिने कार्यालय सहयोगी पक्राउ

प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिने कार्यालय सहयोगी पक्राउ

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई उनकै कार्यालय सहयोगी मुकेशप्रसाद यादवले ज्यान मार्ने धम्की दिएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

वीरगञ्ज- बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई उनकै कार्यालय सहयोगी मुकेशप्रसाद यादवले ज्यान मार्ने धम्की दिएका छन्।

सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय यादवले अपरिचित नम्बरबाट श्रीवास्तवलाई फोन तथा म्यासेज गरेर १५ लाख रुपैयाँ माग्दै नदिए मार्ने धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन्। अपरिचित नम्बरबाट श्रीवास्तवलाई फोन तथा म्यासेज गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ नदिए गोली हानी हत्या गर्छु भनेर धम्की दिएको आरोपमा प्रहरीले यादवलाई पक्राउ गरेको छ।

फोनको अडियो रेकर्डसहित प्रशासकीय अधिकृत श्रीवास्तवले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। अनुसन्धानको क्रममा यादवको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

यादवले घटनामा भारतीय आफन्तको समेत प्रयोग गरेको खुलेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 17, 2021| 05:25 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।