सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा सुनचाँदी व्यवसायीलाई गाेली हानेर लुटपाट

महोत्तरीमा सुनचाँदी व्यवसायीलाई गाेली हानेर लुटपाट

महोत्तरीमा लुटेराहरुको एक समूहले सुनचाँदी व्यवसायीको घरमा लुटपाट गरेको छ। लुटेराहरुले लुटपाट गर्ने क्रममा चलाएको गोली लागी ६ जना घाइते भएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

जनकपुरधाम- महोत्तरीमा लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीको घरमा लुटपाट गरेको छ। लुटेराहरुले लुटपाट गर्ने क्रममा चलाएको गोली लागी ६ जना घाइते भएका छन्।

महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा बुधबार राति लुटेराहरुको  १० जनाको समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन्। 

सो क्रममा लुटेराहरुको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक विरेन्द्र साह सहित उनको परिवारका सदस्यहरु माथि आक्रमण गरेका छन्। डाकाहरुको आक्रमणबाट साहका परिवारका सबै सदस्यहरु घाइते भएका छन्।

लुटेराहरुले लुटपाटको क्रममा प्रहार गरेको गोली लागि पसल संचालक ५० वर्षीय विरेन्द्र साह घाइते भएका छन्। उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ। उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रेफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 

त्यस्तै लुटेराहरुले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजीव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अचार्यले जनाएको छ । 

लुटेराहरुले रड प्रहारबाट घाइते भएकाहरुको टाउको, मुख र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको जनाइएको छ । 

सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्साबजार देखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड देखि पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लुटेराहरुले गोली प्रहारसँगै लुटपाट समेत गरेका थिए ।

प्रकाशित: Jun 17, 2021| 04:37 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।