सोमबार, भदौ ८, २०८३

पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध भएका छन्।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

धनगढी- अविरल वर्षापछि खसेको पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत जयपृथ्वी नगरपालिका–७ कचाली खोला नजिक र सोको दुई किलोमिटर पश्चिम मेलढुङ्गामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दार्चुलाको धौलाकोट क्षेत्रको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

सडक सुचारु गर्ने प्रयास गरिरहेको भए पनि लगातारको वर्षाका कारण पहिरो हटाउन नसकिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

प्रकाशित: Jun 17, 2021| 04:10 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।