सोमबार, भदौ ८, २०८३

'स्मार्ट लकडाउन' गर्ने सरकारको तयारी

कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)को बैठकले ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको जनाएको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)को बैठकले ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको जनाएको छ। बुधबार प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको बैठमा ओलीले साउनदेखि सबै जनतालाई खोप लगाउने कार्य अगाडि बढाइने बताए।

खोपका ल्याउनका लागि विभिन्न देशसँग पहल भइरहेको प्रधानमन्त्री ओलीले बताए। साथै बैठकले 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरेको छ। बैठकले संक्रमणको जोखिम रोक्ने तथा अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको हो। 

यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। यी देशहरूबाट सातामा दुई हजार यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले  होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत सिसिएमसीले गरेको छ। योसँगै कूल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।

प्रकाशित: Jun 17, 2021| 03:58 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।