सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न आज कांग्रेस बैठक

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न आज कांग्रेस बैठक

'आज बोलाइएको केन्द्रिय समिति बैठकमा महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुनेछ' काँग्रेस कार्यालयका मुख्य सचिव पौडेलले भने।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस पदाधिकारी बैठकले प्रस्ताव गरेको कार्यतालिका हेरफेरको प्रस्तावमा छलफल गर्न दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न लागेको काँग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 'आज बोलाइएको केन्द्रिय समिति बैठकमा महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुनेछ' काँग्रेस कार्यालयका मुख्य सचिव पौडेलले भने, 'बैठक सम्भवत महाधिवेशनको कार्यतालिकाबारे फोकस हुनेछ।

पदाधिकारी बैठकले महाधिवेशनको लागि भदौ १६ देखि १९ भदौको मिति प्रस्ताव गरेको थियो। 

पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अझै सकिएको छैन। सिन्धुपाल्चोक, सप्तरी, बर्दिया सहित ७ जिल्लाको क्रियाशील सदस्यतामा दलले झमेला बेहोरिरहेको छ। यद्यपी नेताहरुले सदस्यताको किचलो छिट्टै समाप्त गरिने बताइरहेका छन्।

यस्तो छ प्रस्तावित कार्यतालिका

गाउँ/नगर वडा अधिवेशन : २०७८ साउन ६ गते।
गाउँ/नगरपालिका अधिवेशन : साउन ११ गते।
प्रदेश सभा क्षेत्रीय अधिवेशन : साउन १६ गते।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २० गते।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २४ गते।
प्रदेश अधिवेशन : भदौ १ र २ गते।
केन्द्रीय महाधिवशेन : भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा।

प्रकाशित: Jun 17, 2021| 03:25 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।