सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाको उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाको उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ। 

पार्टी कार्यालय बालकुमारीमा आज बिहान साढे ११ बजे बैठक बोलाइएको छ। वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी महत्वपूर्ण निर्णय लिनुपर्ने भन्दै यो समूहले बैठक बोलाएको हो।

सबै कार्यकारिणी समितिका पदाधिकारीहरूलाई बैठकमा सहभागी हुन भनिए पनि यो बैठकमा जसपाको महन्थ राजेन्द्र समूह भने सहभागी नहुने भएको छ।

जसपाभित्र दुवै अध्यक्षका समूहले समानान्तर गतिविधि गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर पक्ष सहभागी भएपछि विवाद बढेको छ।

दुवै पक्षले एकले अर्कालाई कारबाही गरेपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएका थिए। तर, आयोगले दुवैको निर्णयलाई मान्यता नदिने निर्णय गर्यो। आयोगको निर्णयमा उपेन्द्र पक्षले असन्तुष्टि जनाएको छ।

प्रकाशित: Jun 17, 2021| 03:29 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।