सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आगामी आर्थिक वर्षको बजेट यथार्थपरक : मन्त्री आङबुहाङ

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक : मन्त्री आङबुहाङ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री  टंक आङ्बुहाङले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको बताएका छन्। उनले बजेट सफलरुपमा कार्यान्वयन हुने दाबी गरे। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

विराटनगर- प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री  टंक आङ्बुहाङले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको बताएका छन्। उनले बजेट सफलरुपमा कार्यान्वयन हुने दाबी गरे। 

मन्त्रालयमा बुधबार आयोजित वजेट सम्वन्धी पत्रकार सम्मेलनमा बजेट कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन अनिवार्य रुपमा माथिल्लो पदाधिकारीदेखि अधिकृत तहसम्म कार्यसम्पन्न सम्झौता गरिने बताए। उनले आर्थिक वर्ष सुरु हुनु अगावै बजेट तथा कार्यक्रमको कार्यान्वयन कार्य योजना सवै मन्त्रालय तथा निकायहरुबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइने बताए। 

मन्त्री आङबुहाङले स्वीकृत आयोजनाहरू समयमै सम्पन्न गर्न जिम्मेबार अधिकारीले बोलपत्र आव्हान गर्ने, मूल्याङ्‍कन गर्ने तथा खरिद सझौता गर्ने कार्य आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि भित्रै गरिसक्नु पर्ने उनले बताए। 

कोभिड–१९ को महामारीका कारण आर्थिक वर्ष २०७८/७९ मा पदाधिकारी र कर्मचारीको बैठक भत्ता कटौती गरिएको मन्त्री आङबुहाङले बताए। संसद पूर्वाधार विकास कोषलाई निरन्तरता दिएको उनले बताए। 

मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले प्रदेशको राजश्व क्षेत्र विस्तारका लागि विज्ञ समूह गठन गरि परिचालन गर्ने बताए। उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा १०८ आयोजना भएकोले बजेटको रकम धेरै राखिएको जानकारी दिए।

प्रकाशित: Jun 17, 2021| 02:01 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।