शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ओली पक्षको 'रणनीति'का कारण पारित भएन कर्णालीको नीति तथा कार्यक्रम

ओली पक्षको 'रणनीति'का कारण पारित भएन कर्णालीको नीति तथा कार्यक्रम

‘हामी आज नै नीति तथा कार्यक्रम पास गर्न चाहन्थ्यौँ तर एमाले साथीहरूका कारण त्यो सम्भव भएन,’ नेकपा माओवादी केन्द्रका सचेतक ठम्मर विष्टले भने, ‘भोलि १ बजे नीति तथा कार्यक्रम पास गरेर ४ बजेट प्रस्तुत हुन्छ।’ 
 |  सोमबार, जेठ ३१, २०७८

देव राना

देव राना

सोमबार, जेठ ३१, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गराउन अल्झन (समस्या) भएको छ। सोमबार नै पास गर्ने तयारी गरिएपनि संघीय सत्तारुढ नेकपा एमालेको ओली पक्षको दबाबमा सभामुख राजबहादुर शाहीले सहयोग गरिदिँदा सुत्तापक्षको नीति तथा कार्यक्रम पारित गराउने रणनीति सोमबारका लागि विफल भएको हो। 

triton college

‘हामी आज नै नीति तथा कार्यक्रम पास गर्न चाहन्थ्यौँ तर एमाले साथीहरूका कारण त्यो सम्भव भएन,’ नेकपा माओवादी केन्द्रका सचेतक ठम्मर विष्टले भने, ‘भोलि १ बजे नीति तथा कार्यक्रम पास गरेर ४ बजेट प्रस्तुत हुन्छ।’ 

सरकारले बहुमतका आधारमा नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको थियो। तर बर्खास्तीमा परेका ४ सांसद (प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा)को सोमबार नै पुर्नबहाली भएको घोषणा गर्न ओली पक्षीय एमालेले दबाब दियो। यसपछि सभामुख राजबहादुर शाहीले चारै जना सांसदको पद यथावत् रहेको घोषणा गरे। सर्वोच्च अदालतले सांसद पद पुर्नबहाली गरेपनि संसदबाट घोषणा हुन बाँकी थियो। 

यसअघिसम्म ३५ जना मात्र रहेकाले सोहीअनुसार बहुमत  (माओवादी केन्द्रका १२ र काँग्रेसका ६ जना गरी १८) का आधारमा नीति तथा कार्यक्रम पारित गर्ने सत्ता पक्षको तयारी थियो। पुनर्बहाली भएका ४ सांसद सोमबारको संसद् बैठकमा सहभागी थिएनन्। यसपछि नीति तथा कार्यक्रम पास गराउनका लागि आवश्यक संख्या नपुग्ने भयो।

सत्तापक्षका सांसदले भने सभामुख राजबहादुर शाहीले बजेट पास गराउन नदिने षड्यन्त्र गरेको र ओली पक्षीय एमालेलाई सहयोग गरेको आरोप लगाएका छन्। शाही एमालेबाट सभामुख बनेका हुन्। हाल उनी एमालेको ओली पक्षसँग निकट मानिन्छन्। 

Metro Mart
vianet

सोमबार नीति तथा कार्यक्रम पारित नभएपछि बजेट कार्यतालिका प्रभावित भएको छ। मंगलबार १ बजे बजेट वक्तव्यको तयारी गरिएको भएपनि अब उक्त समयमा नीति तथा कार्यक्रम पारित गराउने तयारी गरिएको छ। त्यसपछि मात्रै बजेट ल्याइने छ। 

हाल कायम ३९ सांसदमध्ये २० जना सांसदको समर्थनमा बहुमतका आधारमा नीति तथा कार्यक्रम र बजेट पास गर्नुपर्ने भएको छ। तर सरकारसँग १८ जना सांसद छन्। एमालेका सभामुखबाहेक १९ जना छन् भने राप्रपाका १ सांसद छन्। तर एमालेका केही सांसदले सरकारलाई समर्थन गरिसकेका छन्। 

सत्तापक्षसहित पुनर्बहाली भएका ४ सांसद पनि नीति तथा कार्यक्रम पास गर्ने र भोलि (मंगलबार) बजेट ल्याउने भनेर छलफलमा जुटेका छन्। पुर्नबहाली भएका सांसद एवम् भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले अहिले नै आफूहरू सरकारबाट बाहिरिने पक्षमा नरहेको बताए। 

‘तत्काल सरकारबाट बाहिरिने विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘२०७५ जेठ २ गते अघिको पार्टीले जे निर्णय गर्छ हामी त्यही अनुसार अगाडि बढ्छौँ।’ एमालेको नवौँ महाधिवेशनबाट युवराज ज्ञवालीलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो। हाल एमाले संसदीय दलका नेता यामलाल कँडेल नै एमालेको प्रदेश इन्चार्ज छन्।

कर्णाली प्रदेशसभाको बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रकाशित: Jun 14, 2021| 15:17 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्