शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन अदालतको आदेश

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन अदालतको आदेश

केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश  दिएको हो।
 |  शुक्रबार, जेठ २८, २०७८

देव राना

देव राना

शुक्रबार, जेठ २८, २०७८

सुर्खेत– सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ। न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले शुक्रबार यस्तो आदेश दिएका हुन्। अदालतले युट्युबबाट भिडियो नहटाने साइट बन्द गर्नसमेत आदेश दिएको छ। करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश  दिएको हो।

triton college

‘युट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री  हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ। यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखि पठाउनू’ आदेशमा भनिएको छ।

यो पनि पढ्नुहोस् :
एउटा खोज : युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन

सामग्रीहरु बनाएर अपलोड गर्नेलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ। पीडितको भिडियोसहित प्रसारण गर्ने साइडहरुलाई बन्द गर्नसमेत अदालतले आदेश दिएको छ। अदालतले संवेदनशील विषयमा जथाभाबी सामग्री प्रसारण गर्ने विरुद्ध कारबाही गर्न तथा त्यस्ता साइट आवश्यकताअनुसार बन्द गराउन संघीय गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ। 

जेठ २१ गते राति गुर्भाकोटमा दुई युवकले राउटे युवतीमाथि गरेको यौन दुर्व्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युवबमा छाइरहेका छन्।

यस्तै अदालतले यसबारे पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई लेखिपठाउन पनि भनेको छ। जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्री प्रचारप्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराएको छ। अदालतले पीडित युवतीको सुरक्षालाई ध्यान दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ। पीडित युवती असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ।

corrent noodles
Metro Mart

जेठ २१ गते राति गुर्भाकोटमा दुई युवकले राउटे युवतीमाथि गरेको यौन दुर्व्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युवबमा छाइरहेका छन्। युट्युब, सामाजिक सञ्चाल तथा केही सञ्चारमाध्यमले समेत पीडितसँग सम्बन्धित सामग्री प्रसारण गर्दै आएका छन्। यौन दुर्व्यवहारका भिडियो बाहिरिएपछि जेठ २३ गते आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित मनकामना होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परेका छन्।

दोषीहरुमाथि अनुसन्धान गर्न अदालतले १० दिनको म्याद थप गरेको छ। पीडित युवतीहरुले शुक्रबार मात्रै स्वास्थ्य परीक्षण गराएका छन्।

यो पनि पढ्नुस्,

राउटे युवतीमाथि दुर्व्यवहार : पीडित नखुल्दा अनुसन्धान असहज

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग

राउटे मुखिया भन्छन्- जनताले दुःख पाउन थाले, प्रहरी राखिदेऊ

पीडित राउटे युवती झनै असुरक्षित : आफ्नै समुदायभित्रैबाट दण्डको खतरा

असुरक्षा बढेपछि राउटे बस्ती सिल

प्रकाशित: Jun 11, 2021| 15:02 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।