बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिरो विश्वास भएका ओलीको प्रस्ताव छलछामपूर्ण : रामकुमारी झाँक्री 

जिरो विश्वास भएका ओलीको प्रस्ताव छलछामपूर्ण : रामकुमारी झाँक्री 

एमाले माधव नेपाल–झलनाथ खनाल समूहकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव छलछामपूर्ण भएको प्रतिक्रिया दिएकी छन्।
 |  आइतबार, जेठ २३, २०७८

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, जेठ २३, २०७८

काठमाडौं– एमाले माधव नेपाल–झलनाथ खनाल समूहकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव छलछामपूर्ण भएको प्रतिक्रिया दिएकी छन्।

उनले ओलीको प्रस्तावलाई छलछाम, तिगडम र अर्को षडयन्त्र भएको आरोप लगाएकी हुन्। ओली प्रस्तावको बुँदा नम्बर ४ ले उनी  २०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट पारेको झाँक्रीको भनाइ छ। 

'उहाँको यो जनता र सञ्चारमाध्यममा प्रचार गर्नका लागि जारी गरिएको प्रस्ताव हो। सर्वोच्चमा मुद्दामा गएका पक्ष हामी। फिर्ता लिनुपर्ने हामीले। एकलौटी उहाँले फिर्ता लिइनेछ भनेर ४ नम्बर बुँदामा लेख्नुभएको छ। फिर्ता लिनका लागि त हामी सहमत हुनुपर्ला नि', उनले नेपाल समयसँग भनिन्। 

‘ओलीले संकट पर्दा सधैं यस्तै नौटंकी गर्ने गरेको र यो पनि त्यसैको शृंखला हो। मलाई ओलीप्रति जिरो विश्वास छ।’

झाँक्रीले ओलीको यस्तो प्रस्तावमा सहमत हुनका लागि लोकतन्त्र, संविधान र संसद्‍लाई बचाउने कुराको सुनिश्चितता हुनुपर्ने बताइन्। उनले भनिन्, ‘त्यसका लागि त खडगप्रसाद ओलीले संसद्‍ विघटन गरेको कुरालाई क्वाबिनेटबाट निर्णय गरेर पुनः स्थापना गर्नुपर्यो भन्ने निर्णय नआएसम्म हामी आफ्नो मुद्दा फिर्ता गर्न सक्दैनौुं। ओलीको प्रस्ताव आफू सहमतिकै पक्षमा थिएँ भन्ने देखाउन मात्रै आएको झाँक्रीले बताइन्।

उनले भनिन्, ‘ओलीले संकट पर्दा सधैं यस्तै नौटंकी गर्ने गरेको र यो पनि त्यसैको शृंखला हो। मलाई ओलीप्रति जिरो विश्वास छ।’ ओलीले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति गरेका थुप्रै पत्र च्यातेको आरोप लगाउँदै झाँक्रीले अहिले मिडियामा एकलौटी रुपमा आएको प्रस्तावलाई कुनै आधारमा विश्वास गर्न नसकिने बताइन्।

प्रकाशित: Jun 06, 2021| 17:05 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।