आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट छ : युवराज ज्ञवाली

ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट छ : युवराज ज्ञवाली

‘उहाँको यो अपिलले जेठ २ मा उहाँ फर्किन खोजेकै होइन भन्ने प्रस्ट देखिन्छ। प्रस्तावमा भने पनि व्यावहारिक रुपमा फर्किन खोजेको होइन भन्ने अपिलका बुँदाले प्रस्ट गरेको छ।'
 |  आइतबार, जेठ २३, २०७८
nespernesper

बीपी अनमोल

बीपी अनमोल

आइतबार, जेठ २३, २०७८

vianetvianet

काठमाडौं– नेकपा एमालेको माधव नेपाल–झलनाथ समूहका प्रभावशाली नेता युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली ०७५ जेठ २ मा फर्किन खोजेकै होइन भन्ने देखाएको प्रतिक्रिया दिएका छन्।

triton college

नेता ज्ञवालीले ओलीका प्रस्तावमा नयाँ कुरा केही नभएको बताए। अध्यक्ष ओलीले पार्टी एकताका लागि आइतबार साँझ गरेको प्रस्ताव सार्वजनिक भएपछि नेपाल समयसँग छोटो प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘उहाँको यो अपिलले जेठ २ मा उहाँ फर्किन खोजेकै होइन भन्ने प्रस्ट देखिन्छ। प्रस्तावमा भने पनि व्यावहारिक रुपमा फर्किन खोजेको होइन भन्ने अपिलका बुँदाले प्रस्ट गरेको छ। उहाँले माधव कमरेडसँग पटकपटक भएको कुराकानीमा नै जेठ २ मा जाने हो भन्नुभएको थियो। तर, जेठ २ मा फर्किने भनेको के त्यो प्रस्ट त गर्न सक्नुभएको छैन।’

‘जेठ २ गतेको कमिटीको कुरा त उहाँले प्रस्ट गर्नुभएको छैन। २३ जना माओवादीका नेतालाई स्थायी र केन्द्रीय कमिटीमा राखेर निर्णय गरेको त मानिँदैन,’ ज्ञवालीले भने।

नेता ज्ञवालीले फागुन २८ देखि यता अवैधानिक हिसाबले गरेका अनेक निर्णय खारेज हुनुपर्ने बताए। उनले यी विषयमा अपिलका बुँदामा प्रस्ट केही नलेखिएको बताए। ‘अर्को सर्वोच्चमा दायर भएको रिटमा छलफल चलिरहेको छ। त्यो कसरी फिर्ता हुन्छ। सर्वोच्चको निर्णय आउनुपर्‍यो। के निर्णय गर्छ त्यो हेर्नुपर्‍यो’, उनले भने, ‘हामी आफ्नो समूहभित्र यसबारे छलफल गर्छौं।’

नेता ज्ञवालीले अपिलमा नेताहरुमाथि गरिएको कारबाही फिर्ताको कुरा नगरिएको बताए। अहिले सार्वजनिक गरिएका अपिलका बुँदा छलफलका क्रममा नमिलेको कुरा नै रहेको उनको भनाइ छ। ‘जेठ २ गतेको कमिटीको कुरा त उहाँले प्रस्ट गर्नुभएको छैन। २३ जना माओवादीका नेतालाई स्थायी र केन्द्रीय कमिटीमा राखेर निर्णय गरेको त मानिँदैन,’ ज्ञवालीले भने।

National life insurance

यस्तो छ केपी ओलीले पार्टी एकताका लागि राखेको नयाँ प्रस्ताव

 

प्रकाशित: Jun 06, 2021| 16:27 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।