मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इजलासबारे भइरहेका बहसले 'कम्फर्टेबल फिल' भएको छैन : न्यायाधीश ईश्वर खतिवडा

इजलासबारे भइरहेका बहसले 'कम्फर्टेबल फिल' भएको छैन : न्यायाधीश ईश्वर खतिवडा

‘यो बहस कम्फर्टेबल फिल भएको छैन। इजलासको विषयमा बहस गर्नुपर्ने अवस्था नै होइन। तपाईंहरुले यो कुरो बुझ्नुपर्छ। हामीले पनि बुझेका छौं,’ उनले भने।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलासको विषयमा भइरहेको बहसले 'कम्फर्टेबल फिल' नभएको बताएका छन्।सरकारी पक्षबाट अधिवक्ता बाबुराम दाहालले इजलासकै विषयमा बोल्न खोजेपछि उनले यस्तो बताएका हुन्। 

‘यो बहस कम्फर्टेबल फिल भएको छैन। इजलासको विषयमा बहस गर्नुपर्ने अवस्था नै होइन। तपाईंहरुले यो कुरो बुझ्नुपर्छ। हामीले पनि बुझेका छौं,’ उनले भने।

त्यसपछि इजलासले बोल्ने पालो रिट निवेदकलाई दिएको छ। अहिले रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले बहस सुरु गरेका छन्।

यसअघि सरकारी पक्षले इजलास गठनको विषयलाई लिएर विवाद सिर्जना गरेपछि केही समयका लागि बहस रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय वकिलले ११ जना न्यायाधीशले इजलासमा नै बस्न नमिल्ने भन्दै निवेदन पेस गरेपछि विवाद इजालसमा को रहने–नरहने विषयले विवाद निम्तिएको थियो।

सरकारी पक्षले दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलासबाट बाहिरिनुपर्ने माग राखेका थिए। 

यो पनि पढ्नुहोस्:

 

प्रकाशित: Jun 06, 2021| 09:54 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।