शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस वैधताको चिन्ता, वरिष्ठ नेता पौडेल भन्छन्- अब देउवासँग महाधिवेशन सार्ने बहाना छैन

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस वैधताको चिन्ता, वरिष्ठ नेता पौडेल भन्छन्- अब देउवासँग महाधिवेशन सार्ने बहाना छैन

वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘यसअघि देउवाले विभिन्न बहाना गर्दै महाधिवेशन सार्दै आए पनि अब उहाँसँग कुनै बहाना बाँकी छैन।’
 |  आइतबार, जेठ २३, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, जेठ २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसमा पार्टीको वैधानिकताबारे चिन्ता व्यक्त गर्न थालिएको छ। भदौमा तोकिएको पार्टीको महाधिवेशन सम्पन्न गराउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा गम्भीर नभएपछि पार्टीभित्र दलको वैधताबारे चिन्ता व्यक्त गर्न थालिएको हो। 

triton college

यसै क्रममा जिल्ला सभापतिहरुले भर्चुअल बैठक गरी तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गराउन नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्। कांग्रेस विधानअनुसार जसरी पनि भदाैमा महाधिवेशन सम्पन्न गर्नुपर्छ। तर महाधिवेशन कार्यतालिका नजिकै आइसके पनि पार्टी नेतृत्व गम्भीर बनेकाे देिखँदैन।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि अब जसरी पनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बताउँछन्। यसका लागि विभिन्न विकल्प प्रयोग गर्न सकिने उनको भनाइ छ। नेता पौडेलले महाधिवेशन सार्न अब देउवासँग कुनै विकल्प नभएको बताउँछन्। उनी भन्छन्, ‘यसअघि देउवाले विभिन्न बहानामा महाधिवेशन सार्दै आए पनि अब कुनै बहाना बाँकी छैन।’

नेता पौडेलले महाधिवेशन सार्न अब देउवासँग कुनै विकल्प नभएको बताउँछन्। उनी भन्छन्, ‘यसअघि देउवाले विभिन्न बहाना गर्दै महाधिवेशन सार्दै आए पनि अब कुनै बहाना बाँकी छैन।’

पौडेलले आफू तोकिएको समयमै महाधिवेशन गराउने पक्षमा रहे पनि सभापति देउवाको अदूरदर्शिताका कारण हलो अड्किरहेको आरोप लगाए। उनले महाधिवेशनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाक्न ढिलाइ भएकाे उनकाे भनाइ छ। पौडेलले नेपाल समयसँग भने, ‘अब हामी केही दिनमै अधिवेशनका विषयमा छलफल गर्न बैठक राख्ने तयारीमा छौं। त्यसपछि कसरी जाने भन्ने विषयमा रणनीति तय हुनेछ।’ 

Metro Mart
vianet

कोरोना महामारी कायमै रहे अन्य विकल्प अपनाएर भए पनि महाधिवेशन गर्नुपर्ने पौडेलको भनाइ छ। त्यसका लागि आफूहरूले निरन्तर दबाब दिइरहेको उनी बताउँछन्। 

जिल्ला सभापतिहरुको निष्कर्ष पनि कोरोना महामारी नियन्त्रणमा नआए विभिन्न विकल्पबाट भए पनि महाधिवेशन गराउनुपर्ने छ। यसबारे सभापतिलाई सोमबार ध्यानार्षण गर्दै ज्ञापनपत्र बुझाइने नुवाकोटका कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।

‘हामी धेरैभन्दा धेरै जिल्ला सभापतिलाई समेट्ने योजनामा छौं। यसरी त केही दिनपछि पार्टीको वैधता नै सकिन्छ। केन्द्रका नेताहरूलाई कुनै चिन्ता छैन’, उनले भने। उनले फेरि पनि कोरोना महामारी नै रहेको र यसको बहाना बनाउने छुट नभएको बताए। ‘अब बैकल्पिक बाटाहरूमा छलफल गर्नुपर्छ। १३औं महाधिवेशन सकिएको दिनबाट नै सबैलाई २०७५ फागुन महिनाभित्र महाधिवेशन गरिसक्नुपर्छ भन्ने थाहा थियो त। अहिले यो त्यो बहाना गर्न पाइन्छ? समयमै महाधिवेशनको तयारी गर्नुपर्दैन?’ उनी प्रश्न गर्छन्।

‘हामी महाधिवेशनका लागि सुरुदेखि नै समयमै हुनुपर्छ भन्दै आइरहेका थियौंं। तर, पार्टी सभापति र उहाँका समूहका साथीहरूले इच्छा राख्नु भएन। अरू क्षेत्र र कमिटीका साथीहरूले कार्यतालिका बनाऔं भन्दा पनि उहाँहरुले सुन्नु भएन। त्यसको नराम्रो परिणाम अहिले हामीले व्यहोरिरहेका छौं’

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि कांग्रेस महाधिवेशन गर वा मरको अवस्थामा पुग्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले कुनै छलफल अगाडि नबढाएको बताउँछन्। ‘हामी महाधिवेशनका लागि सुरुदेखि नै समयमै हुनुपर्छ भन्दै आइरहेका थियौंं। तर, पार्टी सभापति र उहाँका समूहका साथीरूले इच्छा राख्नु भएन। अरू क्षेत्र र कमिटीका साथीहरूले कार्यतालिका बनाऔं भन्दा पनि उहाँहरुले सुन्नु भएन। त्यसको नराम्रो परिणाम अहिले हामीले व्यहोरिरहेका छौं’, उनले भने।

भण्डारीले सभापति देउवाकै कारण कांग्रेसको इतिहास र गरिमामा कुनै असर पर्छ कि भन्ने चिन्ता रहेको बताए। ‘जिल्लामा चुनाव गराएर भए पनि वा १६५ निर्वाचन क्षेत्रमा चुनाव गरेर भए पनि अधिवेशन गर्नुपर्छ र कांग्रेसको गरिमा राख्नुपर्छ। हाम्रो दृष्टिकोण यही हो,' उनले भने। सभापति देउवाले आफ्नो लामो इतिहासलाई सम्झेर, कांग्रेसबाट पटक(पटक प्रधानमन्त्री भएको कुरा स्मरण गरेर पार्टीको इतिहास जोगाउन प्रविधिको प्रयोग गरेर महाधिवेशन गराउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।

भोलि पार्टी तलमाथि भए यसको सम्पूर्ण दोषी सभापति देउवा हुने बताए। लोकतान्त्रिक पार्टीमा समयमै महाधिवेशन हुनुपर्नेमा त्यो हुन नस्कनु दुःखद् विषय भएको उनको भनाइ छ।

कांग्रेसले १४औं महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। यसका लागि अगामी असार ५ गते गाउँरनगरपालिका अधिवेशन, असार ७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन ३ गते एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र साउन १० र ११ गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। यस्तै भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका छ।  गाउँरनगर अधिवेशन नजिकै आइसक्दासमेत क्रियाशील सदस्यताको काम सकिएको छैन। 

फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका थियो। कोरोना महामारीलाई कारण देखाउँदै महाधिवेशन मिति सारिएको थियो।

कांग्रेस विधानअनुसार महाधिवेशन गर्ने समय सकियो। कुनै असहज परिस्थिति सिर्जना भए एक वर्ष थप्ने भन्ने व्यवस्था छ। त्यो पनि सकिएको छ। यस्तै संविधानको धारा २६९ को ख अनुसारको बाटोमा पार्टी हिँडिरहेको छ। केसीले भने, ‘अब भदौमा महाधिवेशन नगरे पार्टी नै सकिन्छ।’

संविधानको भाग-२९ राजनीतिक दल सम्बन्धी व्यवस्थाको धारा २६९ को (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुनुपर्ने व्यवस्था छ। तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ। 

गत वर्ष पुस ११ को निर्णयअनुसार फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका थियो। कोरोना महामारीलाई कारण देखाउँदै महाधिवेशन मिति सारिएको थियो।

प्रकाशित: Jun 06, 2021| 09:45 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।