काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका लागि वित्तीय समानीकरण तर्फ ९७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै स्थानीय तहमा भने ९४ अर्ब ५६ करोड वित्तीय समानीकरणमा विनियोजना गरिएको उनले उल्लेख गरे। यस्तै प्रदेशका लागि सशर्त अनुदानतर्फ ३५ अर्ब ८७ करोड र स्थानीय तहका लागि १ खर्ब ७३ खर्ब रुपैयाँ विनियोजन गरेको बजेट वक्तव्यमा भनिएको छ।
यसैगरी, समपूरक अनुदानतर्फ प्रदेशलाई १२ अर्ब ३७ करोड र विशेष अनुदानतर्फ १२ अर्ब ४६ करोड विनियोजन गरेको उनले उल्लेख गरे।
स्थानीय तह र प्रदेशका लागि राजश्व बाँडफाँटतर्फ १ खर्ब २६ अर्ब विनियोजन गरिएको वक्तव्यमा भनिएको छ।