सोमबार, असोज १९, २०८३

अध्यादेशबाट आज बजेट

बजेटमा कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, मध्यावधि र स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेजलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएकाे अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि  शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ। बजेटमा कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, मध्यावधि र स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेजलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएकाे अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्। बजेट करिब १६ खर्ब हाराहारीको ल्याउने तयारी छ।

अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ। त्यसअघि मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ। राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अर्थमन्त्रीले बजेट भाषण गर्नेछन्। मन्त्रिपरिषद् बैठक ११ बजेका लागि डाकिएको छ।

कामचलाउ बनेको केपी ओली सरकारले सरकारले अध्यादेशमार्फत पूर्ण आकारको बजेट ल्याउन लागेको हो।  पूर्वअर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुले भने बजेट पूर्ण आकारको ल्याउन नहुने सुझाव दिएका थिए। यस्तै सरकारले कात्तिक÷मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकाले मतदातलाई प्रभावित पार्न नहुने गरी बजेट ल्याउनुपर्ने सुझाव विज्ञहरुको छ।

गणतन्त्र स्थापनापछि अध्यादेशमार्फत ल्याउन लागिएको यो बजेट छैटौं हो। तर संविधान बनेपछि अध्यादेशमार्फत आउने यो बजेट पहिलो हो। नेपालको संविधान २०७२ ले अध्यादेशमार्फत बजेट ल्याउने परिकल्पना नै गरेको छैन। तर जेठ १५ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। 

प्रकाशित: May 29, 2021| 02:39 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्