बिहीबार, मंसिर ४, २०८२
  • गृहपृष्ठ
  • विचार/ब्लग
  • तेस्रो वर्ष पूरा गर्‍यौं : निर्भीकतापूर्वक सत्य-तथ्य सूचना सम्प्रेषण गरिरहनेछौं

तेस्रो वर्ष पूरा गर्‍यौं : निर्भीकतापूर्वक सत्य-तथ्य सूचना सम्प्रेषण गरिरहनेछौं

असहज परिस्थितिका माझ पनि चुनौती पन्छाउँदै पाठकलाई सुसूचित गराउन हामी जुटिरहने प्रतिबद्धता पनि म यस अवसरमा व्यक्त गर्दछु।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

नेपाल समय मिडिया आज तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ। यस पावन अवसरमा म नेपाल समय मिडियाका तर्फबाट आमपाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै यस संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको अथक परिश्रम, लगाव र माया विना संस्थाको यहाँसम्मको विकास यात्रा सम्भव थिएन। 

National life

डिजिटल मिडियाका लागि तीन वर्षको समय भनेको लामो समय होइन। यद्यपि एउटा संस्था जन्माएर यति छिट्टै आफ्नो पहिचान स्थापना गर्नु सजिलो कुरा पनि होइन। प्रिय पाठकले हामीप्रति देखाएको विश्वासकै कारण डिजिटल मिडियाको भीडमा हामी भिन्नै पहिचान स्थापित गर्न सफल भएका छौं। साथै संस्थालाई उचाइतर्फ लैजान कार्यरत पत्रकारहरूले दिएको अमूल्य योगदानलाई त यस अवसरमा भुल्नै मिल्दैन। 

पहिचान स्थापित हुँदै जाँदा हामीमाथि नागरिकलाई अझ सुसूचित बनाउने दायित्व थपिएको छ। त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौं। 

हामी मिडियाको प्रयासले आमनागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेछ भन्नेमा विश्वस्त छौं। डिजिटल मिडियाले समेट्नुपर्ने दायरा निकै फराकिलो छ। र, यसप्रति पाठकका आकांक्षा पनि धेरै छन्। पहिचान स्थापित हुँदै जाँदा हामीमाथि नागरिकलाई अझ सुसूचित बनाउने दायित्व थपिएको छ। त्यसैले हामी अझै विशिष्टीकृत हुँदै जाने प्रयासमा छौं। 

जननिर्वाचित संविधानसभाद्वारा निर्मित संविधानअनुसार मुलुक धेरै अघि बढ्नुपर्ने, राजनीतिक खिचातानी अन्त्य भई विधि र पद्धति स्थापना हुनुपर्ने तथा देश आर्थिक एवम् सामाजिक रूपान्तरणको दिशामा अघि बढ्नुपर्ने नेपाली जनताको चाहनाजस्तै हाम्रो पनि  चाहना त्यही हो। तर पनि मुलुकले सोचेजस्तो राजनीतिक स्थायित्व अझै पनि प्राप्त गर्न सकेको छैन। नीतिको सबैभन्दा उपल्लो तह मानिने राजनीतिमा आउने अव्यवस्थाको प्रभाव सबै क्षेत्रमा पर्ने कुरा सर्वविदितै छ। यसबाट पत्रकारिता क्षेत्र पनि प्रभावित हुने त होइन भन्नेमा हामी चिन्तित छौं। 

Laxmi sunrise bank
kumari

तर जस्तोसुकै कठिन अवस्थामा पनि हामी हाम्रो दायित्वबाट विमुख हुने छैनौं। राजनीतिक संकटका बेला मिडियाको जिम्मेवारी अझै गहन हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं। कोरोना महामारीले विश्वभरको आर्थिक परिवेश खल्बलिँदा त्यसको असर हाम्रो समाजमा पनि परेको छ। यतिमात्र होइन, संक्रमणका कारण ठूलो संख्यामा मानवीय क्षति पनि भइरहेको छ। महामारीको प्रभाव कति समयसम्म रहिरहने हो भन्ने अनिश्चित छ। यो असहज परिस्थितिका माझ पनि चुनौती पन्छाउँदै पाठकलाई सुसूचित गराउन हामी जुटिरहने प्रतिबद्धता पनि म यस अवसरमा व्यक्त गर्दछु। 

भ्रष्टाचार र अनियमितताविरुद्धको खबरदारी पनि सञ्चारमाध्यमको अर्को ठूलो जिम्मेवारी हो। यी सबैका अनिवार्य सर्त सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह नै हो। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान् छौं र रहिरहनेछौं।

विगतमा आमसञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिका लागि वकालत गरेको इतिहास छर्लंग छ। तर राजनीतिक अस्थिरता निम्त्याउने तत्त्व मुलुकमा सधैं सक्रिय हुँदा रहेछन् भन्ने मुलुकको पछिल्लो राजनीतिक परिदृश्यले हामीलाई स्पष्ट पारेको छ। त्यसले सञ्चारमाध्यम नागरिकको अधिकार, मुलुकको सामाजिक एवं आर्थिक विकासका मुद्दामा मात्र केन्द्रित हुनुपरेको छैन, संविधानविपरीत सक्रिय हुने शासकीय शैलीका विपक्षमा पनि उत्तिकै खरो उत्रनुपरेको छ। भ्रष्टाचार र अनियमितताविरुद्धको खबरदारी पनि सञ्चारमाध्यमको अर्को ठूलो जिम्मेवारी हो। यी सबैका अनिवार्य सर्त सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह नै हो। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान् छौं र रहिरहनेछौं। कसैप्रति आग्रह पूर्वाग्रह नराखी व्यावसायिक पत्रकारिता गर्नु हाम्रो मूल मन्त्र हो।

नेपाल समय मिडियाको चौथो वार्षिकोत्सवको यस अवसरमा नेपाल समय डट कम अनलाइन पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा निर्भीकतापूर्वक सक्रिय रहिरहने विश्वास दिलाउन चाहन्छु। साथै १४ औं गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद!

विश्वनाथ शाह
अध्यक्ष, नेपाल समय मिडिया प्रा‍.लि‍.

प्रकाशित: May 29, 2021| 06:50 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...