आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने युएईको निर्णय, खोप अनिवार्य

नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने युएईको निर्णय, खोप अनिवार्य

'यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्,' एनसीईएमएले गरेको ट्विटमा उल्लेख छ। तर यी देशबाट उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाउने भएको छ। मंगलबार यूएईको ‘नेसनल इमरजेन्सी एन्ड क्राइसिस म्यानेजमेन्ट अथोरिटी’ (एनसीईएमए)ले ट्विटमार्फत् नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी दिएको हो। 

'यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्,' एनसीईएमएले गरेको ट्विटमा उल्लेख छ। तर यी देशबाट उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ। 

कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो। यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा छन्। 

मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन।

संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो। तर कोभिड महामारीको कारण यहाँ भएर केही महिनादेखि यात्रा गर्न अस्थायी रूपमा रोक लगाइएको थियो। -रासस/एएनआई

प्रकाशित: Aug 03, 2021| 21:38 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्