आइतबार, वैशाख ३०, २०८१

पर्सामा सरकारी अस्पतालप्रति विश्वास गुम्दै

पर्सामा सरकारी अस्पताल भन्दा निजी अस्पतालमा विरामीको चाप बढेको छ। 
 |  सोमबार, जेठ १०, २०७८

जियालाल साह

जियालाल साह

सोमबार, जेठ १०, २०७८

पर्सा - पर्सामा सरकारी अस्पताल भन्दा निजी अस्पतालमा विरामीको चाप बढेको छ। 

triton college

नेपाल सरकारले वीरगंजको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजले सञ्चालन गरिरहेको बाबा हस्पिटललाई कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ। तर, उपचार सेवा दुरुस्त नभएको भन्दै बाध्य भएर निजी अस्पताल रोज्नु परेको विरामीका कुरुवाहरू बताउँछन्। 

महामारीको हटस्पट बनेको वीरगन्जमा महानगरलेसमेत सरकारीस्तरबाटै २ सय ३० बेडको आइसोलेसन तथा अस्थाई कोभीड अस्पताल सञ्चालन गरेका छन्। तर, स्तरीय उपचारको व्यवस्था नभएकाले झण्डै ८० प्रतिशत बेड खाली छन्। 

५० एचडीयू, ७५ आईसीयू र २० भेन्टिलेटरसहित एकसय ४५ बेड संख्या रहेको नारायणी अस्पतालमा अहिले जम्मा एचडीयूमा ३६, आईसीयूमा ६० र १५ जना भेन्टिलेटरमा उपचाररत छन्। उपचारको स्तरीय व्यवस्था नभएकाले ३४ वटा बेड खालि छन्। 

यसैगरी नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा कोभीड हस्पिटलमा भने एक सय ३५ एचडीयू, २५ आईसीयू र १० भेन्टिलेटरसहितको एकसय ७० बेड क्षमताको उपचार गरिहेको मेडिकल कलेजमा पनी विश्वास गुम्दै गएपछि एक सय २० बेड खाली रहेका छन्।

corrent noodles
Metro Mart

यस्तै वीरगंज महानगरपालिकाले गोपाल मण्डलीमा सञ्चालन गरेको वीरगंज महानगरपालिका अस्थायी कोभीड अस्पतालमा जम्मा १९ जना मात्रै संक्रमित उपचाररत रहेको तथ्याङ्कले देखाउँछ। तर, यता पर्साका झण्डै एकदर्जन बढी निजी हस्पिटलमा भने विरामीको आकर्षण बढेको जिल्ला कोभीड नियन्त्रण समन्वय समितिको तथ्याङ्कले देखाउँछ। 

वीरगन्जको वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोभिडका लागी छुट्याइएको २५ वटा बेडमा २४ जना उपचाररत रहेका छन् भने एडभान्स हस्पिटलमा १८ मा १८, प्रभु हस्पिटलमा २३ मा २२ जना, तराई हस्पिटलमा २८ मा २५ जना, भवानी हस्पिटलमा ३४ मा ३२ जना, त्यसैगरी गण्डक हस्पिटलमा १० मा ७, अलि अर्थो हस्पिटलमा १८ मा १५, स्पर्श हस्पिटलमा २४ मा २२ जना उपचाररत रहेको देखाउँछ। 

पछिल्लो समय सरकारीस्तरमा उपचाररत विरामीहरूलाई चिकित्सकहरूले स्तरीय उपचार नगरेकै कारण मृत्यु भइरहेको विरामीका आफन्त बताउँछन्। वीरगंजको नारायणी अस्पतालमा भने भेन्टिलेटरमा भर्नाभएपछि मुश्किलले बिरामी बाच्ने गरेको उपचारकै क्रममा मृत्यु भएका व्यक्तिका एक आफन्त अमित बर्माले बताए। 

उनका अनुसार यहाँका चिकित्सकहरू विरामीको छेउमा जानै नमान्ने बिरामीका आफन्तले आरोप लगाउँदै आएका छन्। तथ्याङ्क अनुसार पर्सा जिल्ला स्थायी ठेगाना भएका वैशाख २ गते यताका दोस्रो चरणको कोरोना संक्रमणबाट ३१ महिलासहित ४८ जना पुरुषले ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा सबैभन्दा बढी वीरगंज महानगरपालिकामा २१ म्हिलासहित ५४ जना त्यसैगरी जगरनाथपुर गाऊँपालिकामा २ महिला सहित ६ जना, बहुदरमाई नगरपालिकामा २ महिला सहित ५ जना, कालिकामाई गाउँपालिकामा १ महिलासहित ४ जना, पोखरिया नगरपालिका, पकाहामैनपुर, छिपहरमाई र सखुवाप्रसौनी गाउँपालिकामा २/२ जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। पर्सामा सबैभन्दा बढी ३० देखी ५९ वर्ष उमेर समुहका ३९ जना र ६० देखी ८० वर्ष उमेर समूहका ३४ जनाको मृत्यु भएको देखिन्छ।

यसैगरी विभिन्न जिल्लाका तर पर्सामा उपचाररत रहेका मध्ये एक सय ९ जनाको उपचारको क्रममा मृत्यु भएको छ। जसमध्ये सबैभन्दा बढी नारायणी अस्पतालमा ५९ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा हस्पिटलमा १४ जनाको मृत्यु भएको छ। बाँकी मृतक ३६ जनाको पर्साका विभिन्न १२ हस्पिटलमा उपचाररत रहदाँ मृत्यु भएको हो।

प्रकाशित: May 24, 2021| 06:58 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।