शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महत्त्वपूर्ण मन्त्रालयसहित महन्थ–राजेन्द्र समूह सरकारमा जाँदै

महत्त्वपूर्ण मन्त्रालयसहित महन्थ–राजेन्द्र समूह सरकारमा जाँदै

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह यही साता सरकारमा सहभागी हुने भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

बीपी अनमोल

बीपी अनमोल

आइतबार, जेठ ९, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह यही साता सरकारमा सहभागी हुने भएको छ।  महत्त्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग महन्थ र राजेन्द्र महतोको सरकारमा सहभागी हुने सहमति भइसकेको नेताहरुले बताएका छन्। 

triton college

नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर थप केही माग यही साताभित्र पूरा हुने र त्यसपछि सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए। ‘नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट आज प्रमाणीकरण गर्ने तयारी छ। भोलि बस्ने मन्त्रिपरिषद्ले केही माग सम्बोधन गर्छ,’ ती नेताले भने,‘त्यसपछि हामी सरकारमा जान्छौं।’

महन्थ ठाकुर निकट कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले पार्टी यही साताभित्रमा सरकारमा सहभागी हुने बताए। ‘प्रधानमन्त्रीले हाम्रो  काम गरिदिनुभएको छ। नागरिकता सम्बन्धी अध्यादेश आज प्रमाणीकरण हुँदै छ। संविधान संशोधनका लागि कार्यदल गठन भएको छ। मुद्दा फिर्ता भएको छ,’उनले भने,‘अरु मुद्दाको पनि टुंगो लाग्दै छ, त्यसैले हामी सरकारमा जान्छौं।’

‘१० मन्त्रालयसहित सहभागी हुने मोटामोटी सहमति भइसकेको छ। त्यसको आज अन्तिम टुंगो लाग्छ। सरकारमा जाने त निर्णय भइ नै सकेको छ।’   

अध्यक्षपछिको वरिष्ठ नेता राजेन्द्र महतो नै रहेकाले उनकै नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने झाकाे भनाइ छ। ‘१० मन्त्रालयसहित सहभागी हुने सहमति मोटामोटी भइसकेको छ,’ उनले भने,‘त्यसको आज अन्तिम टुंगो लाग्छ। सरकारमा जाने त निर्णय भइ नै सकेको छ।’   

Metro Mart
vianet

जसपाको सिंगो संसदीय दलको निर्णयबाट आफूहरु सरकारमा जाने उनले बताए। ‘पार्टीभित्र दोस्रो अध्यक्षले देखाएको असहज र शंकास्पद वातावरणले गर्दा केही ढिलाइ भइरहेको छ’, उनले भने, ‘सिंगो जसपाको संसदीय दलको बैठक बसेरै नै निर्णय गर्छ।’ जसपाले सरकारमा सहभागिताका लागि मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, नागरिकतासम्बन्धी समस्या समाधान, रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायतका सर्त राखेको थियो। यी सर्तमध्ये अधिकांश सरकारले कार्यान्वयन चरणमा लगिसकेको छ।

जसपाको महन्थ-राजेन्द्र पक्षले राखेका सर्त पूरा गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल नै गठन गरेका थिए। दुवैतर्फबाट गठित कार्यदलले पनि लामो छलफल र संवाद गरेर मागहरुका बारेमा टुंगो लगाएको हो। 

प्रधानमन्त्री ओली निकट स्रोतले पनि महन्थ र राजेन्द्र पक्ष सरकारमा सहभागी हुने करिब टुंगो लागिसकेको जानकारी दिएको छ। ‘उहाँहरुले १० मन्त्रालयमा दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो।

प्रधानमन्त्री ओली निकट स्रोतले पनि महन्थ र राजेन्द्र पक्ष सरकारमा सहभागी हुने करिब टुंगो लागिसकेको जानकारी दिएको छ। ‘उहाँहरुले १० मन्त्रालयमा दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो।

यो समूहले उपेन्द्र यादवको समूह छाडेर आएका सांसदहरुको पनि उचित व्यवस्थापन गर्ने तयारी गरेको छ। सो समूहबाट आएका दुईजना सांसद विमल श्रीवास्तव र उमाशंकर अरगरियालाई मन्त्री बनाउने आश्वासन नेताहरुले दिएको एक सांसदले जानकारी दिए।

यता जसपाको उपेन्द्र–बाबुराम पक्षले भने जसपाको आफ्नै नेतृत्व वा राष्ट्रिय सहमतिको सरकार भए मात्रै पार्टी सरकारमा जाने सहमति भन्दा बाहिर गएर कोही सरकारमा सहभागी नहुने बताएको छ। ‘उहाँहरु सहमतिभन्दा बाहिर गएपछि पार्टीको बहुमत कार्यकारिणी समितिको बैठकले कारबाही गर्छ,’उपेन्द्र यादव निकट एक नेताले भने।

*यसअघि प्रकाशित समाचारमा भुलबस उपसभामुख पर्न गएकाेमा सच्याइएकाे छ। सं‍‌.

प्रकाशित: May 23, 2021| 08:46 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।