काठमाडौं‐ नक्कली बिल बनाएर राजस्व चुहावट गरेको आरोपमा रूपन्देहीका व्यापारी विष्णु ज्ञवालीविरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले १४ करोड ७५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको हो।
एभरेस्ट मोबाइल सेन्टर रूपन्देहीबाट मोबाइल बिक्री गर्दै आएका ज्ञवालीले नक्कली बिलको प्रयोग गरेको राजस्व चुहावट गरेको विभागको दाबी छ।
ज्ञवालीको फर्ममा रहेका मोबाइललगायका वस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएकोले विभागले उनीमाथि अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट कम्पनीले पेस गरेको वित्तीय विवरण र आय विवरणमा आय लुकाएको भेटिएपछि विभागले उनीविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ।
विभागले ज्ञवालीलाई मालवस्तुको मौज्दात अधिक देखाई राजस्व चुहावट गरेकाले ३ वर्ष कैदको माग गरेको छ।