काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन बिहीबार सामान्य अंकले बढेको छ। बुधबार १३ अंकले घटेको नेप्से बिहीबार भने ६.३७ अंकले बढेर २७८७.१८ अंकमा पुगेको छ।
नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको छ। बुधबारको तुलनामा कारोबार रकम २ अर्ब रुपैयाँ कम भएको छ। यसदिन २१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३० करोड बराबरको कारोबार भएको छ।
बिहिबार समूहगत परिसूचकमध्ये अधिकांश परिसूचक ओरालो लागेका छन्। यसदिन बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य समूह सकारात्मक भए पनि उत्पादन, होटल तथा टुरिजम, हाइड्रोपावर, लगानी, निर्जीवन बिमा, जीवन बिमा लगायतका समूह घटेका छन्।
यसदिन ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको मूल्य यथावत् छ।